नक्कली सवारी चालक अनुमति पत्र सहित बस चालक पक्राउ

काठमाणडौ चन्द्रागिरि न.पा. वडा नं. २ नागढुंगास्थित चेकजाँचको क्रममा नक्कली सवारी चालक अनुमति पत्र सहित एक जना चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ना ६ ख ९९८९ नम्बरको बसका चालक जिल्ला उदयपुर त्रियुगा न.पा वडा नं. ५ घर हुने वर्ष ३२ को जंग बहादुर खत्री रहेका छन् । निजले उदयपुर-काठमाण्डौ चल्ने यात्रुबाहक बस चलाईरहेको अवस्थामा निजलाई नागढुंगाबाट पक्राउ गरीएको हो ।

का.जि.चन्द्रागिरि न.पा. ४ थानकोट बजारबाट मादक पदार्थ सेवन गरी सवारी चलाउने एक जना चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. २६ सुनाकोठी घर हुने बर्ष ४० को किशोर अधिकारी रहेका छन् । निज किशोर अधिकारीले मादक पदार्थ सेवन गरी ग ३ च ३२३४ नम्बरको पिक अप भ्यान हाँकीरहेको अवस्थामा निजलाई पक्राउ गरीएको हो ।

चन्द्रागिरि नगरपालिका वडा नं ११ सिप्रदिस्थित एक ट्रिपर चालकलाई पक्राउ गरेको छ ।
बा. ५ ख ८४१५ नम्बरको ट्रिपर चालक जिल्ला ललितपुर बाग्मती गा.पा वडा नं. ३ घर हुन वर्ष २९ को किरण तिमल्सिनाले मादक पदार्थ सेवन गरी उक्त ट्रिपर हाँकिरहेको अवस्थामा निजलाई नियन्त्रणमा लिईएको हो ।
थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी बृत्त थानकोटले बताए।