नागढुंगाबाट स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक पक्राउ

काठमाडौं, २१ कात्तिक । चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट स्रोत नखुलेको नगद ४० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ बस्ने ४० वर्षीय व्यास गुप्ता रहेका छन् ।

बुटवलबाट काठमाडौं आउँदै गरेको लु.१ ख. ८६५२ नम्बरको यात्रुबाहक बस महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार गुप्तालाई झोला र कम्मरपेटीमा लुकाई ल्याएको एक हजार दरका चार हजार थानमा रहेको उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।