नागढुगामा लागु औषध सहित पक्राउ

महानगरीय प्रहरी प्रभाग नागढुगाले लागुअाैषध सहित दुई जनालाई नियन्त्रणमा लिएकाे छ । प्रहरीले चेक जाचकाे त्रमा छुटाछुटै व्यतिहरूकाे साथ वाट भारिमात्रामा लागुअाैषध सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

नेपालगन्ज वाट काठमान्डौ आउदै गरेको ना ५ ख ८९३८नम्वरको यात्रुवाहक वसमा सवार जिल्ला हुम्ला सिमिकोट ४ बस्ने वर्ष २४ को नर बहादुर वुढाको साथवाट ९०० ट्यावलेट नाइट्रोजापाम अवैध लागु औषध सहित नागढुगा प्रहरीले पक्राउ गरिएको छ । त्यस्तै उदयपुर ठोक्सिला वाट काठमान्डौ आउदै गरेको ना ६ख ७१०० नम्वरको यात्रुवाहक वसमा सवार जिल्ला सप्तरी काचल स्थाई घर हुने कृष्ण दासको साथवाट १९६ एम्पुल डाइजापाम १९७ एम्पुल व्रुपिनफ्रिन २०० एम्पुल नाइट्रोजापाम अवैध लागु औषध सहित नागढुगा प्रहरीले पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका ईन्चाज प्रहरी निरिक्षक केशव राज भट्टले जानकारी दिए । निरिक्षक भट्टले थप अनुसन्धानकाे लागि महानगरीय प्रहरी वृत थानकाेट पठाईएकाे जानकारी दिए ।