नागढुङ्गामा लागू औषध र खुकुरी सहित पक्राउ

६ फागुन, चन्द्रागिरि ।

लागुअाैषध सहित प्रहरीले एक जनालाई प्रकाउ गरेकाे छ । महानगरिय प्रहरी प्रभाग नागढुङ्गाले नवलपरासीबाट काठमाडौं अाउदै गरेकाे  ना ५ ख १८१९ नम्बरको यात्रुवाहक वसलाई चेक जाचकाे त्रमा लागुअाैषध सहित एक जनालाई प्रकाउ गरेकाे हाे। प्रकाउ पर्नेमा जनकपुर, धनुषा वस्ने वर्ष २० चन्द्र वंशीलाई प्रकाउ गरिएकाे महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरिक्षक केशव राज भट्टले वताए ।उनकाे साथवाट लागुऔषध ४२६ ट्यावलेट नाइट्रोजापाम, ३६ ट्यावलेट ट्रामाडोल र १ वोतल कोरेक्स वरामद गरएकाे छ । प्रहरी निरिक्षक केशव राज भट्टले लागुअाैषध सहित थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाईएकाे जानकारी दिए ।