नागढुङ्गावाट लागुऔषध सहित तिन पक्राउ ।

१० मंसिर , थानकोट । प्रतिबन्धित लागूऔषध सहित महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले तिन जनलाई प्रकाउ गरेको छ ।
प्रतिबन्धित लागूऔषध बोकेर काकरभित्ताबाट काठमाण्डौ तर्फ आइरहेको यात्रुबाहक बसमा चेक चाज गर्दा महानगरीय प्रहरी प्रभाग नागुङ्गाको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरि वाँकी एक लाई कलंक वाट प्रकाउ गरेको हो ।

प्रहरीले काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा नं २ नागढुङ्गा स्थित उक्त बसमा यात्रा गरि आएका दिवस लिम्बु तथा सुजन राउतको साथबाट ३०० ट्याब्लेट्स नाइट्राभ्याट वरामद गरेको छ ।
महानगरीय प्रहरी वृत्त थानकोले थप अनुसन्धान प्रश्चातसोही घटनासंग सम्बन्धित बिबेक श्रेष्ठ समेतलाइ माहनगरिय प्रहरी बृत्त थानकोटको प्रहरी टोलीले पक्राउ गरी कानुन बमोजिम अनुसन्धान कार्य अगाडी बढाएको महानगरीय थानकोट प्रहरी बृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले बताए ।
उनीहरुलाई थप अनुसन्धान पश्चात लागुऔषध ऐन अन्र्तगत मुद्धा चलाईएको प्रहरीले जनाएको छ ।