नागढुङ्गावाट लागूऔषधसहित दुई जना समातिए

राेसन दानी १० जेठ, काठमाडौं । महानगरीय प्रहरी प्रभाग, नागढुङ्गाले प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला काठमाण्डौँ नागाअर्जुन न.पा वडा नं. १५ स्वयम्भु घर हुने वर्ष ३१ को प्रदिप खत्रि र जिल्ला मनाङ्ग नवल गाउँपालिका वडा नं. १ बस्ने वर्ष २५ को सामतेल गुरुङ्ग छन् । विरगंज बाट काठमाण्डौँ तर्फ आउँदै गरेको ना ५ ख ४८९८ नं. को बस चेक जाँच गर्ने क्रममा १५० एम्पुल प्रतिबन्धित लागूऔषधसहित उनिहरूलाई पक्राउ गरिएकाे महानगरीय प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले वताए । उनिहरूकाे साथ प्लाष्टिकको झोलामा लुगाई ल्याईरहेकाे अवस्थामा लागु औषध डाईजेल्याब ५१ एम्पल, नुफिन ५० एम्पल र फेनारगन ५१ एम्पल फेला परेको प्रहरीले जनाएकाे छ । नियन्त्रित दुईलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त, थानकोट मा अनसन्धान भईरहेकाे छ।