पाँच किलो चरेश सहित गुर्जुधारावाट चार पक्राउ ।


काठमाडौं, १५ कात्तिक ÷महानगरीय प्रहरी वृत्त थानकोट र महानगरिय प्रहरी प्रभाग वलम्वुको संयुत्त टोलीले पाँच किलो ६० ग्राम अवैध चरेससहित चार जनालाई पक्राउ गरेको छ ।
राजधानीको चन्द्रागिरी नगरपालिका वडा नं १२ गर्जुधारा स्थित बिशेष सुचनाको आधारमा महानगरिय प्रहरी वृत्त थानकोट र महानगरिय प्रहरी प्रभाग वलम्वुको संयुत्त टोलीले अवैध पाँच किलो ६० ग्राम अवैध चरेश सहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाउ पर्नेमा जिल्ला धादिङ गजुरी गाउपालिका वडा नं ८ किरानचोक बस्ने बर्ष १९ को दिनेश तामाङ ,बर्ष २५को राम बहादुर लोप्चन , बर्ष १८ को बिक्रम लोप्चन तथा बर्ष २७ को बिकास तामाङलाई प्रकाउ गरिएको प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले वताए । थापाका अनुसार उक्त चरेश निज व्यक्तिहरु शंकास्पद अबस्थामा हिंडिरहेकाले धादिङ जिल्लाबाट ओसार पसार गरेर ल्याएको भन्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए ।
पक्राउ परेका चारलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त थानकोटमा राखिएको प्रहरी वताएको छ । उनीहरुलाई लागुऔषध ऐन २०३३ अनुसार मुद्धा चलाईने प्रहरीले जनाएको छ ।