महानगरीय प्रहरी प्रभाग बलम्बुले लागुऔषध सहित दुई पक्राउ ।

काठमाण्डौं /३० पौष, रोशन दानी
महानगरीय प्रहरी प्रभाग बलम्बु लागुऔषध नाईट्राभेट सहित दुई जना लाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग वलम्वुका प्रहरी निरिक्षक शकंर खड्का को नेतत्वको टोलीले चन्द्रागिरि नगरपालिका वडा नं. १० सतुंगल बुद्ध मन्दिर परिसरमा चेक जाँच गर्ने क्रममा प्रतिबन्धीत लागुऔषध नाईट्राभेट सहित दुई जना लाई पक्राउ गरेका हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाका अनुसार पक्राउ पर्नेमा जिल्ला मकवानपुर छतिवन गा.पा.वडा नं.४ घर भई हाल काठमाण्डौ चन्द्रागिरी न.पा.वडा नं.११ सतुंगल बस्ने बर्ष २१ को राज गौतम र जिल्ला रौतहट चपुर नगरपालिका वडा नं. ४ घर भई जिल्ला ललितपुर ईमाडोल बस्ने बर्ष १७ को राजु मगर रहेको जानकरी दिए । प्रहरीका अनुसार ति व्यक्तिहरुको साथवाट प्रतिबन्धीत लागुऔषध नाईट्राभेट नामक लागु औषध १५ चक्की रहेको १६ पत्ता सहित पक्राउ गरी आबश्यक अनुसन्धान भइरहेको थानकोट प्रहरीले जनाएको छ ।