लाईसेन्स बनाई दिन्छु भन्दै रकम असुले पछि थानकोट प्रहरीको फन्दामा

१२ साउन काठमाडौं । महानगरीय प्रहरी बृत्त थानकोटकाे स्पेशल टाक्स फाेसले घरमै बसिबसि लाईसेन्स बनाईदिने भन्दै ठगी गर्नेलाई पक्राउ गरेकाे छ ।

विशेष सूचना तथा निरन्तर निग्रानी पश्चात प्रहरी टाेलीले चन्द्रागिरि नगरपालिका वडा नं ३ थानकोट खरीबोटस्थित सवारी चालक अनुमति पत्र (लाईसेन्स) बनाईदिन्छु भनी विभिन्न ब्यक्तिहरूसंग रकम असुली गर्ने एक जनालाई पक्राउ गरेकाे हाे ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी प्रमुख डिएसपी घनश्याम श्रेष्ठले पक्राउ पर्नेमा जिल्ला मुगु खत्याड गा.पा वडा नं ८ घर भई हाल जि. भक्तपुर मध्यपुर थिमि नगरपालिका मगर गाँउ बस्ने बर्ष २५ को प्रेम राज पाण्डे रहेकाे बताए ।

डिएसपी श्रेष्ठका अनुसार बिगतमा जिल्ला काठमाण्डौ च.न.पा -४ बस्ने मंगल श्रेष्ठ तथा च.न.पा -४ बस्ने शैसब श्रेष्ठ लगायतलाई लाईसेन्स बनाईदिने भन्दै प्रतिव्यक्ति रू १३,५००। रकम लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रहरीका अनुसार यस सम्बन्धमा मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ठगी सम्बन्धि कसूरमा थप अनुसन्धान भईरहेको जनाएको छ ।