लापर्वाहीपुर्वक मासु ढुवानी गर्ने २ जना पक्राउ

चन्द्रागिरि नगरपालिका स्तिथ चेकपोष्टबाट २ वटा मोटरसाईकलमा लापर्वाहीपुर्वक मासु ढुवानी गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलिले चेकपोष्ट बाट नियन्त्रण लिएको हो। नियन्त्रणमा लिईएकाहरू ओखलढुंगा घर भई हाल चन्द्रागिरि न.पा-११ सतुंगल बस्ने वर्ष ४० को राजन तामाङ र चन्द्रागिरि न.पा-११ सतुंगल बस्ने वर्ष २१ का हेमन्त अधिकारी रहेका छन। निजहरूलाई पशु क्वारेन्टाईन शाखा कार्यालय नागढुंगाको समन्वयमा जनही रू ५०००।- जरीवाना गरीएको छ ।