सतुङ्गलबाट चोरी गरि फरार भएका तिन पक्राउ

पुस १२, काठमाडाैँ । नगद चोरी गरि फरार भएका तिन जनालाई प्रहरीको विषेश टोलीले पक्राउ गरेको छ । उनीहरुले ॐ पुल हाउस सतुङ्गलको नगर रु ७० हजार र कुसुम आयल गोदाममा रु ३० हजार नगद चोरी गरेका थिए ।

पक्राउ पर्नेमा जिल्ला धादिङ चिसापानी घर रहेको काठमाण्डौं ११ सतुङ्गल बस्ने बर्ष २२ को राजु गुरुङ,जिल्ला सिन्धुपाल्चोक बतासे घर बताई का.जि.च.न.पा. ११ सतुङ्गल बस्ने बर्ष २३ को बिराज थापा जिल्ला बारा महेन्द्रनगर न.पा.८ घर भई चन्द्रगिरि ११ सतुङ्गल बस्ने बर्ष २५ को पिटर थापा रहेको महानगरी प्रहरी वृत्त थानकोट प्रमुख कुमार विक्रम थापाले वताएका छन् ।

उनीहरुको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।