सि.आई.बि.को डि.एस.पी हुँ भनि ठगी गर्ने पक्राउ

राेशन दानी,

असार २४, काठमाडौं । नेपाल प्रहरीको सि.आई.बिको डि.एस.पी हु भनि ठगी गर्दे हिड्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । महानगरीय प्रहरी बृत्त थानकोटले सि.आई.बि.को डि.एस.पी हु भन्द‌ै ठगी गर्ने ब्यक्ति पक्राउ गरेकाे हाे ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख डि.एस.पी कुमार बिक्रम थापाले जिल्ला धादिङ धुनिवेशी नपा वडा नम्वर २ घर हुने बर्ष ३८ को नक्कली डि.एस.पी राजेन्द्र प्रसाद लुईटेललाई पक्राउ गरिएकाे बताए ।

डिएसपी थापाका अनुसार लुईटेललाई नगार्जुन नपा ७ सितापाईलावाट पक्राउ गरि अनुसन्धान सुरु गरिएकाे छ ।

थानकाेट बृत्त प्रमुख थापाले भने, ”चन्द्रागिरि नगरपालिका १५ बस्ने लुईटेलले चन्द्रागिरी नपा ३ बस्ने बिजय तामाङलाई म सि.आई.बिको कार्यरत प्रहरीको डि.एस.पी हु मेरो सेकुरेटी कम्पनी रहेको र सो कम्पनीमा ५ प्रतिशत सेयर हाल्नु रु १लाख ६० हजार पर्छ भनि पटक पटक भेट तथा फोन समेत सम्पर्क गरि रकम माग गर्दे गरेको र घटनाको पिडितले रु १० हजार दिई सकेको र अन्य रकम माग गर्दे गरेको अवस्थामा पक्राउ गरेका हाै ।”

पक्राउ परेका नक्कली डि.एस.पीकाे साथ बाट एक थान रेडियाे सेट र सो को चार्जर एक थान र नगद १० हजार समेत प्रहरी बरामद गरेकाे छ ।

राजेन्द्र प्रसाद लुईटेल सशस्त्र प्रहरीको भगौंडा प्रहरी रहेकाे अनुसन्धानबाट खुलेकाे छ । उनलाई नियन्त्रणमा लिई ठगी मुद्दामा म्याद थप गरि अनुसन्धान भईरहेकाे थानकोट प्रहरीले जनाएकाे छ ।