९ सय एम्पल लागुअाैषध सहित भारतीय नागरिक थानकोट प्रहरीको फन्दामा ।

काठमाडौं । ९ माघ

राजधानीकाे मुख्य नाका नागढुङ्गामा लागुअाैषध सहित एक जनालाई महानगरीय प्रहरी वृत्त थानकाेट अन्तर्गत नागढुङ्गाले पक्राउ गरेकाे छ ।

महानगरीय प्रहरी प्रभाग नागढुंगा प्रमुख ज्ञान बहादुर खड्काको नेतृत्वको टोलीले यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा अवैध लागुऔषध सहित एक जनालाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाका अनुसार विरगंज बाट काठमाण्डौँ तर्फ आउँदै गरेको ना ८ ख ३७९१ नम्बरको यात्रुबाहक बसवाट लागुअाैषध सहित भारत विहार मोतिहारी जिल्ला हरैया थाना वडा नं. ४ घर हुने वर्ष १८ को अनिस कुमारलाई पक्राउ गरेकाे वताए ।

थानकाेटका प्रहरी उपरीक्षक थापाले उनकाे साथवाट झोला भित्र लुकाई छिपाई लिई आएको लागु औषध नुफिन १०० एम्पल, फेनारगन ४०० एम्पल र डाईजेल्याब ४०० एम्पल फेला परेकाे वताए ।