बुढानिलकण्ठ-१० निलोपुल बाट १३ जुवाडे पक्राउ

काठमाण्डौ , भाद्र १३। बुढानिलकण्ठ नगरपालिका वडा नं  १० निलोपुल बाट १३ जुवाडे पक्राउ परेका छन। भाद्र ११ गते ४ बजेको समयमा सो स्थानको बराल काष्ठ कारखाना भित्र जुवा /तास खेलिरहेका १३ जनालाई कपन प्रहरीले पक्राउ गरेको हो।

 महानगरीय प्रहरी प्रभाग कपन बाट प्रहरी टोलि खटि गई चेकजाँच गर्दा जुवातास खेलीरहेको अवश्थामा १३ जना मानिसहरु सहित जुवा खाल बाट जम्मा नगद रु.७०,४५०/-(सत्तरी हजार चार सय पचास) र ३ बुक तास सहित पक्राउ गरेर  कारबहिको लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाईएको कपन प्रहरीले जानकारी दिएको छ  ।