
काठमाडौं । चन्द्रागिरि नगरपालिका–५ गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा सर्वसाधारणलाई हैरानी दिई अशान्ति मच्चाएको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ ।
उनीहरुले यातायात व्यवस्था कार्यालयमा आउने सेवाग्राहीलाई लाग्ने दस्तुरभन्दा बढी लिने गरेको तथा छिटो काम गरिदिने बहानामा आश्वासन दिई जबर्जस्ती गरेर सेवाग्राहीलाई दुःख दिने गरेको आरोप छ।
उनीहरुले सडकमै बसेर यातायात कार्यालयमा आएका सेवाग्राहीलाई तान्दै दु:ख दिएको अवस्थामा तत्काल पक्राउ गरी मुलुकी फौजदारी अपराधसंहिता २०७४ बमोजिम अभद्र व्यवहार गरेको कसुरमा मुद्दा दर्ता गरिएको हो। उनीहरु सबैलाई अहिले प्रहरी वृत्त थानकोटमा राखिएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले यातायातसहितका कार्यालयमा विचौलिया बढेको गुनासो आएपछि उनीहरुविरुद्ध कारबाही तीव्र पारिएको बताएका छन्।
पक्राउ परेकाहरु
- चन्द्रागिरी नगरपालिका वडा नं. ६ बस्ने वर्ष २३ को सुविन लामा
- चन्द्रागिरी नगरपालिका वडा नं. ५ घर हुने वर्ष २४ को शौरव श्रेष्ठ
- चन्द्रागिरी नगरपालिका वडा नं. ५ घर हुने वर्ष २७ को राजेश खड्गी ।
- चन्द्रागिरी नगरपालिका वडा नं. ८ घर हुने वर्ष २१ को रविन कार्की ।
- चन्द्रागिरी नगरपालिका वडा नं. ८ घर हुने वर्ष २५ को अजय महर्जन ।
- चन्द्रागिरी नगरपालिका वडा नं. ८ घर हुने वर्ष २६ को हरिकृष्ण पहरी ।
- धरान नगरपालिका वडा नं. १३ घर हने वर्ष २७ को राकु तामाङ ।
- अछामको साँफेबगर न.पा. वडा नं. ५ घर हुने वर्ष २१ को एकेन्द्र बुढा ।
- ओखलढुङ्गाको चिशंखुगढी न.पा. वडा नं. ४ घर हुने वर्ष ३८ को वीरेन्द्र कटुवाल
- तनहुँको घाँसीकुवा गाउँपालिका वडा नं. ७ घर हुने वर्ष २३ को सुशान्त राज भण्डारी ।
- मकवानपुरको थाहा न.पा. वडा नं. ५ घर हुने वर्ष १९ को विशाल लामा ।
- रोल्पाको कुरेली गा.पा. वडा नं. ३ घर हुने वर्ष २३ को जीवन मगर ।
- झापाको बिर्तामोड न.पा. वडा नं. ६ घर हुने वर्ष २८ को विशाल मेचे ।
- ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नं. ४ घर हुने वर्ष २१ को विवेक न्यौपाने
- ललितपुरको गोदावरी न.पा. वडा नं. २४ घर हुने वर्ष ३४ को रुद्र बहादुर महत
- सिन्धुपाल्चोकको ठूलो-धादिङ घर हुने वर्ष २१ को छिरिङ तामाङ