चन्द्रागिरी नगरपालिका वडा नं. ५ बाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

काठमाडौं, चन्द्रागिरी नगरपालिका वडा नं. ५ बस्ने ६१ वर्षीय घरबेटीसहित जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ हजार ७ सय १५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।