चन्द्रागिरिमा जुवातास खेलिरहेका ७ जना पक्राउ

चन्द्रागिरि नगरपालिका–३ थानकोट महाशक्ति पेट्रोल पम्प नजिक खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । आइतबार साँझ प्रहरीले ७ जनालाई पक्राउ गरेको हो ।

प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ९ हजार ९७० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।