वानएक्स मा सट्टेबाजी गरेको आरोपमा कलाकार ‘बल्छी ध्रुबे’ सहित ८ जना पक्राउ

काठमाडौं । वान एक्स बेटमा विज्ञापन र सट्टेबाजी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ लगायत अन्य कलाकार समेत रहेका छन् ।

अनलाइन बेटिङ ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ परेकाहरूले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गर्ने गरेका थिए ।

युट्युबमा प्रोमो कोड प्रयोग गरी वान एक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै उनीहरूले विज्ञापन गर्ने गरेका थिए ।

प्रहरीको अपरेसन अन्तरगत बुधवारमात्रै पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।