नागढुंगाबाट चार किलो गाँजासहित एक युवा पक्राउ

महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले धादिङ गजुर गाउँपालिका-४ का २० वर्षीय सञ्जय लामालाई पक्राउ गरेको हो।

चन्द्रागिरी नगरपालिका वडा नं.२ नागढुङ्गा स्थित चेक प्वाईन्टमा धादिङबाट काठमाण्डौ तर्फ आउदै गरेको बा ४ ख ४४४७ नं. को यात्रु बाहक बसलाई प्रहरी टोलीले रोकी चेक जाचँ गर्ने क्रममा बसमा सवार लामाले सिटमुनि राखेको जेब्रा झोला भित्र प्लाष्टिकको झोलाबाट गाँजा बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।