संखुवासभा हत्याकाण्डका आरोपी सार्वजनिक

327

२७ भदौ। संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

संखुवासभामा भएकाे क्रुर हत्या पाँच दिनमा पछि प्रहरीलाई सफलता हात पारेकाे थियाे ।

प्रहरीले अनुसन्धानकाे क्रममा २६ वर्षीय कार्कीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो ।

लोकबहादुरले संखुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको विभत्स हत्या गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार लोकबहादुरले हत्या गरेको स्वीकार गरेका छन् । पत्रकार सम्मेलनमा सिअाईबीका डिएसपी रूगम कुवँर समेत छन् ।