चन्द्रागिरी नगरपालिका-५ दुरसञ्चारमा अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, चन्द्रागिरी नगरपालिका-५ दुरसञ्चार नजिक सडकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ८ सय ४० ट्याब्लेट, फेनारगन २० एम्पुल, डाईजेपाम २० एम्पुल, स्पास ५३ क्याप्सुल र कोरेक्स १ सय २ बोतल सहित धनुषा बलाबखर घर भएका १९ वर्षीय राधे यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गाईघाटबाट काठमाडौंतर्फ आउदै गरेको बागमती प्रदेश ०३–००१ ख १८०६ नम्बरको बसलाई प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले जाचँ गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।