अवैध रूपमा ल्याएको सुनजस्तो देखिने अर्धठोस बस्तु सहित पक्राउ

काठमाडौं, भाद्र ०५ गते अवैध रूपमा ल्याएको सुनजस्तो देखिने अर्धठोस बस्तु करिब १ किलोग्राम सहित भारतीय नागरिक राहादानी नम्बर भी११२२८९० वाहक ३१ वर्षीय राहुल रेमानानलाई शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट प्रहरीले पक्राउ गरेको जानकारी गराएको छ ।

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका राहुल रेमानानलाई शंका लागि प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं मेडिकल कलेजमा एक्स-रे गराउँदा पेटभित्र शंकास्पद वस्तुको आकृति देखिएपछि पुन: प्रहरी वृत्त गौशालामा लगि शौच गराउँने क्रममा मलद्वारबाट बेलनाकार सुनजस्तो देखिने अर्धठोस वस्तुको ४ वटा पोका फेला परेपछि पक्राउ गरेको प्रहरीले बताए ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।