काठमाडौंको ओमबहालमा भाइले गरे दाइको हत्या

काठमाडौंको ओमबहालमा धारिलो हतियार र हतौडाले हानेर भाइले आफ्नै दाइको हत्या गरेका छन् ।

काठमाडौँ महानगरपालिका-२३ ओमबहालमा गएराति २५ वर्षीय भाइ सुरज शाक्यले ४५ वर्षीय दाइ सूर्यको हत्या गरेका हुन् । दाजुभाइबीच घरायसी विषयमा विवाद भएपछि सुरजले घरको दोस्रो तलामा दाइ सूर्यको हत्या गरेको प्रहरीले जानकारी दिए ।

आमालाई दाइले गाली गरेको झोंकमा भाइले धारिलो हतियार र हतौडा प्रहार गरी हत्या गरेको प्रहरीले बताए।

उक्त खबर पाएपछि प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो। घटनापछि भागेका भाइ सुरजलाई प्रहरीले काठमाडौं-२५ सिगलबाट मंगलबार बिहान पौने ९ बजे पक्राउ गरेको हो।