चन्द्रागिरी नगरपालिका-६ बाट अवैध लागूऔषध गाँजा सहित पक्राउ

काठमाडौं, चन्द्रागिरी नगरपालिका-६ बाट अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ ४ किलोग्राम सहित मकवानपुर थाहा नगरपालिका-७ घर भएका ३७ वर्षीय जित बहादुर स्याङतानलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।



jibss

बागमती प्रदेश ०२-०३०प ५२०५ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।