
चन्द्रागिरि।
भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं-४ बाट बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका -७ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं-४ बस्ने ४० वर्षीय रश्मी सिग्देल रहेकी छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सूर्य विनायकबाट पक्राउ गरेको हो ।
उच्च अदालत पाटनले उनीविरुद्ध २०७९ फागुन २३ गते बैंकिङ कसुर मुद्दामा २६ लाख ९८ हजार ५०० रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।
अदालतको फैसलापछि फरार रहेकी सिग्देललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले नियन्त्रणमा लिएको हो ।
फैसला कार्यन्वयनको लागि भक्तपुर जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।