चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध सहित कीर्तिपुरका इज्जित नापित पक्राउ

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट अवैध लागूऔषध हेरोईन जस्तो देखिने गिलो पदार्थ ११ ग्राम ५ मिलिग्राम सहित कीर्तिपुर नगरपालिका-५ घर भएका ३१ वर्षीय इज्जित नापितलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले चितवनबाट काठमाडौं आउँदै गरेको ना.४५ प ९४५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार नापितले चुरोटको बट्टाभित्र लुकाई ल्याएको उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

नापितले नागढुङ्गाको चेकिङ छल्नको लागि चन्द्रागिरी नगरपालिका-२ चिसापानी नजिकबाट उक्त मोटरसाइकलमा लिफ्ट मागी सवार रहेको खुल्न आएको छ ।