
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब ३ किलोग्राम अवैध लागुऔषध गाँजा सहित धादिङ गजुरी गाउँपालिका-६ बस्ने १९ वर्षीय जिबन मगरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ९०६५ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।