चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ९ सय मिलिग्राम सहित पाँचथर फालेलुङ गाउँपालिका-५ बस्ने २४ वर्षीय राकेश थाम्सुहाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको   छ ।

सिलगुडीबाट काठमाडौंतर्फ आउँदै गरेको डब्लुबी २५ के २९४० नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  रि