​​​​​​​लागुऔषध मुद्दामा पक्राउ परेका थुनुवा कीर्तिपुरको आइसोलेसन सेन्टरबाट फरार

225
१३ असाेज,काठमाडौं । कीर्तिपुरस्थित आइसोलेसन सेन्टरबाट एक जना थुनुवा भागेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंको नियन्त्रणमा रहेका एक जना थुनुवा भागेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी डिअाईजी उत्तमराज सुवेदीले बताए ।

डिअाईजी सुवेदीका अनुसार १९ वर्षीय राहुल तामाङ कीर्तिपुरस्थित आइसोलेसन सेन्टरबाट फरार भएका हुन्।

तामाङ मंगलबार दिउँसो सवा २ बजे उनी त्यहाँबाट फरार भएकाे प्रहरीले जानकारी दिएकाे छ ।

कोरोना संक्रमण भएपछि उनलाई प्रहरीले आइसोलेसन सेन्टरमा राखिएको थियो।

त्यहाँ झ्यालको रड निकालेर उनी फरार भएको प्रहरीले जनाएको छ। उनी लागुऔषधको मुद्दामा साउन २९ गते नागढुङ्गाबाट पक्राउ परेका थिए।

अहिले उनको खोजी भइरहेको र व्यापक प्रहरी परिचालन गरिएको छ ।