नागढुङ्गाबाट लागूऔषध गाँजा सहित पक्राउ

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब ४ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजाको धुलो सहित काठमाडौं महानगरपालिका-१७ बस्ने २७ वर्षीय सनिस पुजारीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।



jibss

धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ५९३९ नम्बरको बसमा सवार उनलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजाको धुलो सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।