एक किलो लागूऔषधसहित नैकाप बस्ने १७ वर्षीय किशोर पक्राउ

भक्तपुर नगरपालिका–६ महालक्ष्मीबाट करिब १ किलोग्राम लागूऔषध सहित २ जनालाई सोमबार बिहान पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका–७ घर भई चन्द्रागिरि नैकाप बस्ने १७ वर्षीय किशोर र धादिङ गजुरी गाउँपालिका–८ घर भई काठमाडौं बालाजु बस्ने ३० वर्षीय सुनिल स्याङतान भएकाे जिल्ला प्रहरी परिसर भक्तपुरले बताएकाे छ ।

प्रहरीका अनुशार बाग्मती प्रदेश ०२–०२० प ४८०३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा फेला पारी मोटरसाइकल चालक सुनिल र मोटरसाइकलमा सवार किशोरलाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।