नागढुङ्गाबाट कस्तुरीको बिना सहित एक जना पक्राउ

काठमाडौं । चन्द्रागिरि  नगरपालिका-२ स्थित नागढुङ्गाबाट १९ ग्राम तौल भएको कस्तुरीको बिना सहित नुवाकोट किस्पाङ गाउँपालिका-८ बस्ने ५१ वर्षीय सार्की घलेलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

त्रिशुलीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-०१-००६ ख ५९९ नम्बरको बसलाई नागढुङ्गास्थित चेक प्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार घलेलाई उक्त बिना सहित फेला पारी पक्राउ गरेको हो ।



घलेलाई बरामद कस्तुरीको बिना सहित आवश्यक अनुसन्धानको लागि डिभिजन बन कार्यालय हात्तीसार काठमाडौंमा पठाइने महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।