नागढुङ्गाबाट लागुऔषध र नगद सहित एक पक्राउ

२४ भदौ काठमाडौ । काठमाडौँको नागढुंगाबाट प्रहरीले लागु औषध सहित एक जना लाई पक्राउ गरेको छ ।



पक्राउ पर्नेमा सर्लाही हरीवन नगरपालिका वडा नं. ११ बस्ने बर्ष २८ को अलोक शाह छन् ।

जनकपुर बाट काठ्माण्डौ तर्फ आउदै गरेको बा १ प.१३९० नम्बरको पर्यटकीय बस चेकजाँच गर्दा अलोक साथमा लागु औषध फेला परेको थियो ।

उनको साथबाट औषधि जन्य लागुऔषध नाईट्राभेट २८२ ट्याबलेट नाईट्रोसन कोडिन २ बोटल र नगद नेपाली रुपैया रु ५५ हजार बरामद गरिएको महानगरीय प्रहरी बृत्तका स्राेतले बतायाे ।

महानगरीय प्रहरी वृत्त थानकोटले उनलाई लागु औषध (नियन्त्रण) ऐन–२०३३ अनुसार अनुसन्धान गरिरहेको छ ।Received 564267764911262