फर्पिङको जंगलमा युवा–युवतीको शव फेला

काठमार्डौ, २३ जेठ । काठमाडौंको फर्पिङमा सोमबार दुई जनाको शव फेला परेको छ । दक्षिणकाली नगरपालिकामा पर्ने फर्पिङको जंगलमा दुई जना युवा युवतीको शव फेला परेको हो।

अन्दाजी २२/२३ वर्ष उमेरका युवा–यवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतकको अहिलेसम्म सनाखत भने हुन सकेको छैन् । घटनास्थल नजिकै औषधीको बट्टासमेत फेला परेको छ ।

तर उनीहरुको परिचय र मृत्युको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।