संखुवासभा हत्या पाँच दिनमा प्रहरी सफलता पक्राउ परे आफ्नै भतिजो

राेसन दानी,२६ भदौ, काठमाडौं । संखुवासभाको मादी नगरपालिका–१, खोला गाउँका एकै परिवारका ६ जनाको सामूहिक हत्या भएको पाँच दिनपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मृतकाका आफन्त भतिजो नाता पर्ने हुन् ।

घटना भए पछि सिआईभीका डिएसपी रूगम कुवँरकाे नेतृत्व र संखुवासभाका प्रमुख डिएसपी लालध्वज सुवेदीकाे सुक्ष्म अनुसन्धानले कुर हत्याको अाराेपपित सम्म पुग्न सफल भएकाे हाे । डिएसपी कुवंर नेपाल प्रहरीमा राम्रो छवि बनाएका अनुसन्धान अधिकृत हुन् ।

सफल अनुसन्धान गर्ने दुई डिएसपी दायाँ कुवर बायाँ सुवेदी

हत्या आरोपमा शनिबार बिहान प्रहरीले छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीलालाई पक्राउ गरेको सिअाईभीका डिएसपी रूगम बहादुर कुँवरले जानकारी दिए ।

लोकबहादुरको साथबाट घरदेखि रगत लागेको कपडा र हथौडा जस्तो हतियार बरामद भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो। उनी दीर्घ रोगी रहेको खुलेको छ। प्रहरीले उनीमाथि तीन दिनदेखि सोधपुछसँगै निगरानी गर्दै आएको थियो।

रगत लागेको कपडा र उक्त हतियारलाई प्रहरीले घटनाको महत्वपूर्ण ‘क्लु’ को रूपमा लिएको थियो। सो क्रममा प्रहरीले कार्कीलाई पक्राउ गरेको हो। यस घटनामा भने प्रहरीले अरूलाई पक्राउ नगरेको बताएको छ। अभियुक्तले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो ९सीआईबी०सहितको टोलीलाई हत्या गरेको बयान दिएका थिए।

आइतबार सार्वजनिक गर्ने तयारी गरेको प्रहरीले हत्या आरोपी कार्कीको पूरै परिचय भने खुलाएको छैन ।

प्रहरी स्रोतका अनुसार हत्यामा प्रयोग भएको रड भेटिएपछि छिमेकी युवक शङ्काको घेरामा थिए । घरभित्र रगत लागेको सर्ट भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियाे ।

पक्राउ परेका व्यक्तिको सर्टमा लागेको रगत र मृतकको डिएनए परीक्षणपछि सार्वजनिक गरिने प्रहरीले बताएको छ ।

संखुवासभाका डिएसपी लालध्वज सुवेदीका अनुसार घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । हत्या आरोपीलाई आइतबार सार्वजनिक गरिने छ ।

सामूहिक हत्या प्रकरणमा संलग्न कार्कीलाई आइतबार (भोली) पत्रकार सम्मेलन गरेर चैनपुरमा सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ।

पक्राउ परेका लोकबहादुरको घर घटना घटेको घरबाट करिब १५० मिटरको दुरीमा रहेको प्रहरीले बताएको छ। घटना के कारणले भएको होरु कसरी भयोरु भन्ने बारेमा भने प्रहरीले भोलिमात्र खुलाउने डिएसपी सुवेदीले बताए ।

गत सोमबार मादी नगरपालिका-१ का बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो । उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको थियो ।