सतुंगलमा प्रहरीलाई मुक्का र इँटा प्रहार, दुई जना पक्राउ

2251

चन्द्रागिरि नगरपालिका ११ सतुंगलमा ड्युटीमा रहेका प्रहरीमाथि हातपात गरी घाइते बनाएको आरोपमा दुई जना पक्राउ परेका छन् । बिहीबार राति चन्द्रागिरि नगरपालिका ११ सतुंगलस्थितमा प्रहरीमाथि हातपात गरेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

रामेछाप घर भई सतुंगल बस्ने २८ वर्षीय हिमाल योञ्जन र ३१ वर्षीय कृष्ण तामाङ पक्राउ परेका हुन्। राति करिब साढे ८ बजे सतुंगलको बाटोमा होहल्ला गरी झगडा गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीको टोली पुगेर उनीहरूलाई सम्झाउन खोज्दा उल्टै प्रहरी प्रभाग बलम्बूबाट ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दार हेमराज एलजीमाथि हातपात गरेको उनीहरूमाथि आरोप छ।

प्रहरीका अनुसार उनीहरूले प्रहरीमाथि अश्लील शब्द प्रयोग गरी मुक्का र इँटाको टुक्राले टाउकोमा प्रहार गरी घाइते बनाएका थिए। एलजीको टाउकोमा चोट समेत पुगेको छ ।

उनलाई तत्काल उपचारका लागि सतुंगलस्थित ओमसमाज अस्पताल लगिएको थियो। त्यसपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ दुवै जनालाई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको छ ।