चन्द्रागिरि नगरपालिका वडा ३ आयल निगम स्थित घर बाट प्रहरीले जुवातास (सट्टाबाजी) खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले घरमा अवैध रुपमा पैसाको हारजित हुने गरी जुवातास (सट्टाबाजी) खेलिरहेको भन्ने गोप्य सुचना आधारमा छापा मारेकाे थियाे।
प्रहरीकाे विशेष स्राेतका अनुसार काेराेना महामारीका बिच अबैध तवरबाट जुवा खेलाइरहेकाे सुचना प्रहरीलाई प्राप्त भएपछि जुवा अड्डामा छाप मारेर ६ जना जुवाडे पक्राउ गर्न सफल भएकाे हाे।
पक्राउ परेकाको साथबाट नगद ५० हजार ७० रुपैयाँ र ३ बुक तास सहित बरामद गरिएकाे प्रहरीले जनाएको छ।प्रहरीले पक्राउ गरेका विरुद्ध थप अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउ गरिएका ६ जनालाई जुवा ऐन अन्तर्गत म्याद थप गरी कारबाही गरिने भएकाे छ।
Leave a Reply
You must be logged in to post a comment.