चन्द्रागिरि वडा न १० मा एकै दिन तीन ठाउँमा चोरी

असार ११,काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा न १० मा एकै दिनमा तीन ठाउँमा चोरी भएको छ । चन्द्रागिरि नगरपालिका वडा न १० स्तिथ वोसी गाउँमा रहेको २ वटा सहकारी र मिनीमार्टमा चोरी भएका छ।

वोसी गाउँमा रहेको दुइ सहकारी र खुसी -खुसी मार्टमा एकै पटक चोरी भएको हो । खुसी -खुसी मार्टमा ४ लाख हाराहारी को नगद सहित इलेक्ट्रोनिक र खाद्यान्न सामग्री चोरी भएको प्रहरी बृत्त बलम्बुका प्रहरी निरीक्षक गणेश चन्द्र कोइरालाले चन्द्रागिरी न्युज डट कम लाई बताए ।

साथै, दुइ सहकारीमा चोरी भएकोमा सन्खास्पद रहेको हुनाले थप अनुसन्धान भैरहेको बताए ।