चन्द्रागिरिमा एक घरबाट करिब ९ लाख बराबरको धनमाल चोरी

चन्द्रागिरिको एक घरबाट ९ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । चन्द्रागिरि नगरपालिका वडा  नं. १२ हरियालीबाट करिब ९ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ घर भएकी हाल चन्द्रागिरि नगरपालिका वडा नं. १२ हरियाली डेरा गरी बस्ने ३२ वर्षीया गीता कुमारी रानाको कोठामा चोरी भएको हो ।

आइतबार दिउँसो गीता कुमारी रानाको कोठामा ताल्चा फुटाई सुनका विभिन्न गहना तथा नगद समेत गरी करिब ८ लाख ९५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी वृत्त थानकोटले जनाएको छ।