चन्द्रागिरि–२ नागढुङ्गाबाट लागुऔषध सहित तिन जना पक्राउ

440

काठमाण्डौ महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषध सहित तिन जना पक्राउ परेका छन् ।

राजधानीको नाका महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले चेक जाँचको क्रममा लागुऔषध सहित तिन जनालाई पक्राउ गरेको हो ।

प्रहरीले बिरगंजबाट काठमाण्डौँ तर्फ आउँदै गरेको ना ६ ख ४१३२ नम्बरको को यात्रु बाहक बस वाट जिल्ला पर्सा पकाहा मैनपुर गाउँपालिका वडा नं. ३ बस्ने बर्ष १९ को नितेश पटेलले सिट मुनि कार्टुन भित्र प्लाष्टिकमा बेरी लुकाई छिपाई लिई लुकाई छिपाई ल्याएको अवस्थामा लागुऔषध सहित पक्राउ परेको गरेको हो ।

प्रहरीका अनुसार उनको साथवाट लागु औषध
 DIAZEPAM थान ५०० एम्पल
 NOOPHIN थान ५०० एम्पल,
 PHENERGAN थान ५०० एम्पल

फेला परेको छ ।

त्यस्तै नितेश पटेललाई प्रारम्भिक सोधपुछको क्रममा उक्त परिमाणको औषधीजन्य लागू औषध जिल्ला बारा कलैया उ.म.न.पा वडा नं. २३ घर भई हाल का.जि किर्तिपुर तिर बस्ने बर्ष १९ को रविन्द्र प्रसाद कुर्मी र जिल्ला पर्सा सखुवापर्सौनी गा.पा वडा नं. ३ घर भई का.जि किर्तिपुर तिर बस्ने बर्ष २० को फैयाज अन्सारीले मगाएको भन्ने जानकारी प्राप्त भई रविन्द्र प्रसाद र फैयाज अन्सारी नियनत्रणमालिन खोजतलास गर्दा का.जि किर्तिपुर ट्याङलाफाँट स्थितमा लागु औषध लिन आई कुरी रहेको अबस्थामा  महानगरीय प्रहरी वृत्त थानकोटले पक्राउ गरेको हो ।