लागुऔषध सहित नागढुङ्गाबाट दुईजना पक्राउ

प्रहरीले लागुऔषध सहित चन्द्रागिरिवाट दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले जिल्ला काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा नं. २ स्थित नागढुङ्गा चेक प्वाईन्टमा छुटाछुटै चेक जाँचको क्रममा लागुऔषध सहित दुई जनलाई पक्राउ गरेको हो ।



jibss

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला ग्रामहम्बरीया घर हुने बर्ष २७ को पवन कुमार र जिल्ला सप्तरी औरही गा.बि.स. वडा नं. ७ हाल डाङ्गेश्वरी नगरपालिका वडा नं. ६ बस्ने बर्ष २४ को मुकेश साह छन् ।

दासलाई बाराको सिम्रनगढ देखी काठमाण्डौ तर्फ आउदै गरेको ना ८ ख ७३२३ नम्बरको यात्रु बाहक बस लाई चेक जाँच गर्ने क्रममा लागु औषध डाईजापाम, १०० एम्पुल, नोफिन १०० एम्पुल,फेनारगन १०० एम्पुल सहित पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेय बताए । त्यस्तै सप्तरीको राजबिराज देखी काठमाण्डौ तर्फ आउदै गरेको ना ८ ख ६४९७ नं. को यात्रु बाहक बसबाट लागुऔषध नाईट्राभेट ५९६ ट्याबलेट सहित पक्राउ गरिएको छ ।

कुमार र साह लाई पक्राउ गरी लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भईरहेको थानकोट बृत्तले जनाएको छ ।