काठमाण्डौ ,साउन २९ ।
बुढानिलकण्ठ -१२ बालकुमारी टोल नजिकबाट ठुलो परिणाममा लागु औसध सहित दुई जना पक्राउ परेका छन। साउन २८ गते बिहान करिव ११ बजेको समयमा कपन प्रहरी बाट खटिएको टोलीले नियन्त्रित लागुऔषध DIAZELAB ३९९ एम्पुल, NOOPHIN ३९० एम्पुल, PHENERGAN ४०० एम्पुल गरी जम्मा एम्पुल थान ११८९ र NITRAVET -10 लेखिएको जम्मा चक्की थान ९०० सहित दुई जनालाई पक्राउ गरेको हो।
नियन्त्रित लागुऔषध अवैध रुपमा विक्रि वितरण गर्ने उदयपुर चौदण्डीगढी गा.पा.वडा नं.०६ स्थाई घर भई हाल बुढानिलकण्ठ -१० जोरधारा बस्ने बर्ष ३० को शिब कुमार गिरी र सिन्धुपाल्चोक लिसंङ्खुपाखर गा.पा. वडा नं.०७ स्थाई घर भई हाल .बुढानिलकण्ठ -१२ मुस्कान चोक बस्ने बर्ष ४२ बुद्ध गुरुङलाई कपन प्रहरीले पक्राउ गरेको हो।
उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको लागी महानगरीय प्रहरी वृत्त बौद्ध पठाईएको कपन प्रहरीले जानकारी दिएको छ।
Leave a Reply
You must be logged in to post a comment.