
चन्द्रागिरिको नागढुङ्गाबाट स्रोत नखुलेको ९५ लाखसहित दुईजना भारतीय नागरिक पक्राउ गरेको छ । शनिबार चितवनबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसमा प्रहरीले चेकजाँच गर्दा दुई जना भारतीय नागरिकबाट स्रोत नखुलेको ९५ लाख नगद भेटिएपछि पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत मुम्बई महाराष्ट्र प्रदेश सङली जिल्ला थाना घर भएका २६ वर्षीय सागर माली र १९ का कृष्ण अढाडे रहेका छन् । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले मालीको साथबाट ४५ लाख र अढाडेको साथबाट ५० लाख रुपैयाँ बरामद गरेको छ । चितवनबाट काठमाडौ आउँदै गरेको ग १ ख ६६४५ नंको यात्रुबाहक हाइस गाडीमा उक्त रकम बरामद भएको हो।
स्रोत नखुलेको रकम (हुण्डी कारोबार)सहित पक्राउ परेका दुवैलाई कारबाहीका लागि राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउने तयारी गरिएको छ ।