किसिपिडिमा मामा-भान्जाको झगडामा मामाको मृत्यु

काठमाडौँ । महानगरिय अपराध महाशाखाबाट खटिएको प्रहरीले मामाको हत्यामा संलग्न भान्जालाई  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ थाँक्रे-४ धैरेनी स्थायी घरभएका १९ वर्षिय मिलन लुङ्गेली मगर रहेका छन् ।उनलाई आफ्नै मामा धादिङ थाँक्रे  -४ धैरेनी स्थायी घर भइ हाल काठमाडौँ चन्द्रगिरी न. पा-५ किसिपिडि बस्ने ३९ वर्षिय राजु पुलामी मगरलार्ई कुटपपिट गरी फरार भएका थिए ।

विहिबार कुटपिट गरी हत्या गरेर फरार रहेका उनलाई विहिबार नै अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो । उनलाई धादिङ थाक्रे-४ बाट पक्राउ गरी आवश्यक कानुनी कारबाहिको लागि महानगरीय प्रहरी वृत थानकोट पठाइएको प्रहरीले जनाएको छ ।