ट्राफिकले किन गर्छ माेडिफाई माेटरसाईकललाई ट्रार्गेट ?

रोशन दानी, ३२ साउन,कास्की । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कास्कीले दुर्घटना न्युनिकरण अभियानलाई तिव्रता दिएकाे छ ।

कास्की प्रहरी र कास्की ट्राफिकले संयुक्त प्रयासमा सवारीसाधनकाे साेरूप परिवर्तन गर्ने,लेन अनुशासन पालना नगर्ने,जिकज्याक बाईक कुदाउने विरूद्ध कठाेराे रूपमा उत्रेको हाे ।

प्रहरीले ग्रामीण भेगमा सञ्चालित सवारीसाधनहरूकाे अबस्थाबारे जानकारी लिने र सवारीसाधनलाई ठिक हालतमा राखेर मात्र यात्रुहरूलाई सेवा दिन अनुराेध गर्दै अाईरहेकाे छ ।

प्रहरीले पछिल्लो दुई दिनमा २६ वटा दुई पाङ्ग्रे सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरि छाडेकाे जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । कास्की ट्राफिक प्रहरी प्रमुख अमृत बहादुर बस्नेतले बाईककाे स्वरूप परिवर्तन गरि चलाउने,टाेलै थर्कने गरि अावाज निकाल्ने, जिकज्याक र लेन अनुशासन विपरीत सवारीसाधन चलाउने ७ वटा बुलेट बाईक,११ वटा क्रसफायर बाईक र अन्य माेटरसाईकल ८ वटालाई नियन्त्रणमा लिई कारबाही गरिएको बताए ।

कास्की ट्राफिक प्रहरी प्रमुख बस्नेतले भने, “हामीले सवारी नियम उल्लंघन गर्ने विरूद्ध अभियानकै रूपमा कारबाही गरिदै अाएका छाै, दुई महिना यता यस्ताे कार्य अन्तर्गत करिव दुई सयकाे हाराहारीमा माेटरसाईकल कारबाहीमा परिसकेका छन् ।”

लकडाउन खुकुलाे भए संगै पाेखरामा बढ्दाे चाप र घुमफिरमा वृद्ध भएकाे छ । सवारीसाधन माेडिफाई पश्चात् दुर्घटनाको दरमा वृद्धि हुने र ठुला बाईककाे ठुलाे अावाजले समुदायमा नकारात्मक असर पर्ने,बाईक स्टन्ट जस्तो कार्यले ठुलाे दुर्घटनामा वृद्धि हुने हुदा यस्तो कार्यलाई निरूत्साहित र सुरक्षित सडक लागि समग्र कास्की प्रहरी सजक रहने प्रहरी निरीक्षक बस्नेतकाे भनाई छ ।

ट्राफिक प्रहरीले दैनिक अन्य सवारी नियम उल्लंघन गर्ने करिव १२० सवारीसाधनहरूलाई कारबाही गर्दै अाईरहेकाे छ । जस मध्य मापसे गरि सवारीसाधन चलाउने,जथाभावी सवारीसाधन पार्किङ गर्ने, सार्वजनिक सवारी साधनले जथाभावी पिक एण्ड ड्रप गर्ने जस्ता सवारीसाधनहरूलाई कारबाही गरिएकाे जनाएकाे छ । कास्की ट्राफिकले लकडाउन पश्चात् सम्पुर्ण सवारीसाधन सञ्चालनमा अाए संगै काेभिड १९काे जाेखिमबाट बच्न एक हप्ते स्वास्थ सचेता अभियान साउन १७ गते देखि २३ गते सम्म सञ्चालन गरेकाे थियाे । उक्त अवधिमा १० हजार भन्दा वढि यात्रु चालक र सहचालकहरूलाई सचेत गराईएकाे थियाे भन्ने ९ हजार भन्दा वढि सचेतनामुलक पर्चा वितरण गरिएको थियाे । साे अबधीमा जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक कार्यालयकाे संयुक्त टाेलीले महानगरकाे मुख्य सडक,चाेकका साथै ग्रामिण भेगमा समेत सचेतना अभियान सञ्चालन गरि मास्क समेत वितरण गरिएकाे छ ।

पाेखरामा “नाे हर्न “
जिल्ला ट्राफिक प्रहरी कास्कीले अनावश्यक हर्न बजाउने सवारीसाधनलाई कारबाही गर्ने अभियान समेत सञ्चालन ल्याएकाे छ ।

पर्यटकीय नगरी पाेखरामा ध्वनि प्रदुषणले नकारात्मक असर पर्ने र स्वास्थमा समेत असर पर्ने भन्दै नाे हर्न पाेखरा अभियाननै सञ्चालनमा ल्याएकाे हाे । पहिलाे चरणमा ट्राफिक प्रहरीले स्टिकर टास्ने सम्झाउने गर्ने छ ।

पाेखरा महानगरपालिकाले ध्वनि प्रर्दुशनलाई मध्यनजर राखि २०७४ सालबाटै पाेखरा महानगर लाई हर्न निषेधित क्षेत्र घाेषणा गरेता पनि सवारी चालकहरूले जथाभावी हर्न बजाएकाे पाईएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जथाभावी हर्न बजाउने कार्यलाई राेक लगाउन सुरू गरेकाे हाे ।
अनावश्यक सवारीसाधनले पाेखरामा हर्न बजाएकाे फेला परेमा ट्राफिककाे नियम अनुसार ५ सय देखि १५ सय सम्म जरिवाना गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी प्रमुख अमृत बहादुर बस्नेतले बताए ।