
काठमाडौ,मंग्सिर ८ ।
निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सन नेपालको चन्द्रागिरी नगर अधिवेशन सम्पन्न भएको छ ।
उक्त अधिवेशनले दिपक महर्जनको अध्यक्षतामा ९ सदस्यीय नगर कमिटीको गठन सर्वसम्मतीले चयन गरेको छ ।
शुक्रबार सतुङ्गल चन्द्रागिरीमा सम्पन्न अधिवेशनले सरोज मर्हजन उपाध्यक्ष, बालकृष्ण भेटवाल सचिव, प्रमोद जि.सि.कोषाध्यक्ष, कृष्णहरि बस्नेत सहसचिव, सदस्यहरु मिलन गुरुङ, रामजी प्रसाद पोखरेल, यसोदा श्रेष्ठ र पूर्ण महर्जन चयन गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी प्याब्सन काठमाडौंका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले सबैको सहकार्यले संस्थागत हकहित तथा अधिकारको लागि प्याब्सनलाई एक ढिक्का बनाएर लैजानुको विकल्प नरहेको बताएका थिए । कार्यक्रममा काठमाडौं प्याब्सनका पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार थकिन गुरुङ लगायतका वक्ताहरुले आ–आफ्नो धारण राखेका थिए ।