कक्षा १२ को परीक्षा आजबाट सुरु

काठमाण्डौ ,भाद्र ३०। कक्षा १२ को वार्षिक  परीक्षा आज(बुधबार)देखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार भौतिक उपस्थितिमै परीक्षा हुन लागेको हो।

परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी हुँदैछन्। बोर्डका अनुसार भदौ ३० देखि असोज ८ गतेसम्म परीक्षा सञ्चालन हुनेछ।

परीक्षामा विद्यार्थीलाई होम सेन्टरको व्यवस्था मिलाइएको र ४ हजार ३१५ वटा परीक्षा केन्द्र तय भएको बोर्डले जनाएको छ।