अब चाँही सास्ती खेप्न पर्दैन कि ? बलम्बूस्थित नेपाल विद्युत प्राधिकरण नजिक सडक कालोपत्रे सुरू

चन्द्रागिरि ।



jibss

कलंकी-नागढुङ्गा सडकखण्ड अन्तर्गत सतुंगलको सीजि डिजिटल पार्कदेखी विद्युत प्राधिकरण जाने दोबाटोसम्मको सडक कालोपत्रे सुरू भएको छ । पछिल्ला केहि वर्षदेखी यस क्षेत्रमा अत्यधिक सवारी जाम हुँदा स्थानीय लगायत सडक प्रयोग कर्ताले सास्ती भोग्दै अाएका थिए । सम्बद्ध पक्षले चन्द्रागिरिन्यूजलार्इ दिएको जानकारी अनुसार सिजी गेटदेखी गुर्जुधारासम्मको सडक कालोपत्रे हुनेछ । सडक कालोपत्रे भएसँगै अासपासका स्थानीयले समेत धुलो धुँवाबाट मुक्ती पाउने अाशा व्यक्त गरेका छन् ।