चन्द्रागिरि ।
स्थानीय निकाय निर्वाचनको साताैँ दिन चन्द्रागिरि नगरका वडा नं. १२ र १३ को मतगणना जारी रहँदा मेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार घनश्याम गिरी जितोन्मुख देखिएका छन् । वडा न. १२ मा नेपाली काँग्रेसक उम्मेदवारले अग्रता बनाइरहँदा वडा नं. १३ मा नेकपा एमालेका उम्मेदवारले अग्रता बनाइरहेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार गिरीले १०२३८ मत प्राप्त गरेका छन् उपमेयर उम्मेदवार इन्द्रावति श्रेष्ठले ८५०९ मत प्राप्त गर्दा नेकपा एमालेबाट मेयर पदका उम्मेदवार प्रह्लाद बहादुर कार्कीले ७५३८ मतप्राप्त गरेका छन्, उपमेयरकी दाबेदार लिशा नकर्मीले ८५५० मत प्राप्त गरेकी छन् । माअवादी केन्द्रका मेयर पदका उम्मेदवार श्रीकृष्ण श्रेष्ठले ३१५७ तथा उपमेयर उर्मिला रोक्काले ३३७३ मत प्राप्त गरेकी छन् । निर्वाचन अधिकृत गणेश नायकले चन्द्रागिरिन्यूजलार्इ दिएको जानकारी अनुसार नगरको अन्तिम मत परिणाम छिटोमा अाइतबारसाँझसम्म अाउनेछ ।
Leave a Reply
You must be logged in to post a comment.