चन्द्रागिरि ।
स्थानीय निकाय निर्वाचन अन्तर्गत चन्द्रागिरि नगरपालिकामा मतगणना कार्य जारी छ । मंगलबार दिउँसो १ः३० बजेको मतपरिणाम अनुसार नेपाली कांग्रेसका घनश्याम गिरीले स्पष्ट अग्रता बनाएका छन् उनले ३ हजार ५५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका प्रह्लाद बहादुर कार्कीले १४९० मत प्राप्त गरेका छन् । नेकपा माअोवादी केन्द्रका श्रीकृष्ण श्रेष्ठले ९५५ तथा राप्रपाका मदन थापामागरले १०७ मत प्राप्त गरेका छन्, अहिले चन्द्रागिरि नगरको वडा ४ र ५ को मत गणना भइरहेको छ ।
उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारले २०४१, नेकपा एमालेका उम्मेदवारले १७२४, नेकपा माअोवादी केन्द्रका उम्मेदवारले १०९६ तथा राप्रपाका उम्मेदवारले ४७ मत प्राप्त गरेका छन् ।
Leave a Reply
You must be logged in to post a comment.